April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

2.1K

काठमाडौं । मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सोमबार दिउँसो घाटकोपरको समता कोलोनीनजिकै रेलवे पेट्रोल पम्पसँगै लगाइएको विशाल होर्डिङ बोर्ड हावाहुरीसँगै ढलेको हो ।

होर्डिङ बोर्ड ७० बाई ५० मिटरको रहेको थियो । वर्षा र हावाहुरीका कारण पेट्रोल पम्पमा धेरै जना ओत लागेका बेला होर्डिङ बोर्ड खसेको प्रत्यक्षदर्शीको भनाइ छ ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले उद्धार कार्यमा तीव्रता दिएको बताएका छन् । साथै मृतकका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ र घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था मिलाइनेसमेत उनले बताएका छन् ।

Advertisement