April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक: बाबुराम भट्टराई

1.3K

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का संयोजक डा. बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् ।

आइतबार नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा आयोजित ‘नेपालको अर्थतन्त्रमा वर्तमान परिदृष्य र अबको यात्रा’ विषयक अन्तरसंवादको क्रममा डा. भट्टराईले भने, ‘अर्थतन्त्रको अवस्था सुधारर्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ । त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन। अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन। त्यसकारण देश विकासका लागि राजनीतिक संरचना बदल्न आवश्यक छ ।’

उनले अहिलेको व्यवस्थामा ६/६ महिनामा सरकार फेरिने र विकासको कुनै प्राथमिकता नहुने हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्ने पनि बताए ।

Advertisement

उनले भने, ‘सरकार ६/६ महिनामा फेरिएका छन् । त्यसले प्राथमिक विषयमा पनि काम गर्न सकिएको छैन । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र मुख्यमन्त्री, पूर्णसमानुपातिक संसद् हुनेगरी सुधार आवश्यक छ ।’

यस्तै, उनले भ्रष्ट्राचार नियन्त्रणका लागि संसद्प्रति उत्तरदायी हुने अधिकार सम्पन्न जनलोकपाल निर्माण गर्नुपर्नेमा पनि बताए।