काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ। बुधबार दिउँसो ललितपुरमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले केन्द्रीय समितिको बैठक बोलाएको हो।
जसपा नेपाल विभाजनपछि पहिलो पटक केन्द्रीय समिति बैठक आह्वान भएको हो। जसपाले आगामी वैशाख ३१ र जेठ १ गते दुई दिन बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ।
बुधबार बसेको बैठकले जसपा नेपालको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
जसपा नेपालको पहिलो महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ।
आइतबार संघीय परिषद् अध्यक्ष अशोक राईसहित ८ केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूले जसपा नेपाल विभाजन गरेर नयाँ पार्टी गठन गरेका थिए।