April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

मजदुर र कांग्रेस सधैं एकअर्काका सहयोगी- देउवा

955

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुर र कांग्रेस सधैं एकअर्काका सहयोगी भएको बताएका छन् ।

बुधबार विश्व मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन भएको उल्लेख गरेका हुन् ।

यसअघि सभापति देउवाले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न कांग्रेस क्रियाशील रहेको पनि उल्लेख गरेका छन् ।

Advertisement

विसं २०१६ मा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको सभापति देउवाले बताए ।