April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

शिक्षासेवी बलराम पराजुली स्मृतिग्रन्थ प्रकाशित  

1.1K

काठमाडौँ । भोजपुर जिल्लाको अरुण गाउँपालिका–४, चरम्बीका ख्यातिप्राप्त शिक्षासेवी बलराम पराजुलीका योगदानहरूका बारेमा विभिन्न व्यक्तित्वहरूद्वारा लिखित लेखरचनाहरू समेटेर ‘समाजसेवी तथा शिक्षासेवी बलराम पराजुली’ नामक स्मृतिग्रन्थ प्रकाशित गरिएको छ ।

बलरामले आफ्ना पिता विष्णुलाल पराजुलीको प्रेरणाबाट प्रेरित भएर गाउँमा शिक्षाका लागि महत्वपूर्ण योगदान पुर्‍याएका थिए । उनले गाउँमा मुठी दान उठाएर २०११ सालमा विद्यालय स्थापना गरेका थिए । यसका साथै, उनी आधुनिक कृषि अभियानका कुशल अभियन्तासमेत थिए । उनै समाजसेवी पराजुलीले समाजमा दिएका योगदानहरूको स्मरण गर्दै ग्रन्थ प्रकाशित गरिएको हो ।

उक्त ग्रन्थको सम्पादन देवीप्रसाद घिमिरे र रामचन्द्र खनालले गरेका हुन् । वि.सं. २९७२ फागुन १ गते चरम्बीमा जन्मिएका पराजुलीको २०७० साल मंसिर २४ गते निधन भएको थियो ।  

Advertisement

५८ जना लेखकले पराजुलीको जीवनी, व्यक्तित्व र योगदानका बारेमा चर्चा गरेका छन् । स्वयं बलराम पराजुलीले लेखेको आत्मवृत्तान्त तथा वैराग्य ज्ञानमाला भजनसंग्रहसमेत ग्रन्थमा समेटिएको छ ।

३४० पृष्ठको स्मृतिग्रन्थको स्मृति ग्रन्थ उमानाथ पराजुली, चूडामणि पराजुली, देवीसुन्दरी पराजुली (अधिकारी), मणिराम पराजुली र लोकप्रसाद पराजुलीले रहेका छन् ।
पठनीय एवं सामाजिक रूपान्तरणका लागि उपयोगी दस्ताबेजका रूपमा आएको ग्रन्थ इच्छुक पाठकलाई निःशुल्करूपमा उपलब्ध गराइने सम्पादक देवीप्रसाद घिमिरेले बताए ।