घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् ।
करिब ८ बर्षदेखि कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत रहेकी ३६ बर्षिया बुद्दिसीरी परियारले गत बुधबार स्पोन्सरकै घरमा झुण्डिएर आत्महत्या गरेकी कुवेतस्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ ।
राजदूताबासका अनुसार बुद्दिसीरी परियार सन् २०१३ मा श्रम स्वीकृति लिएर घरेलु कामदारको रुपमा पहिलो पटक कुवेत आएको देखिएको छ भने सन २०१५ मा छुट्टी गएर पुन: फर्किएको रेकर्डमा देखिएको छ । घटनाको पूर्ण बिबरण भने प्राप्त भैसकेको छैन ।
मृतकको परिवारसँग सम्पर्क भैसकेकाले स्पोन्सर र परिवारसँग समन्वय गरी कानुनी प्रकृया शुरु गरिसकेको दूताबासले जनाएको छ ।