April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय

1.8K

काठमाडौं । इरानी र्‍यापर तमज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। उनलाई सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा मृत्यु दण्डको सजाय सुनाइएको उनको वकिलले पुष्टि गरेका छन्

सन् २०२२ मा प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई र्‍यापर तमज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए।

सालेहीका वकिलहरूमध्ये एक अमिर रायसियनले उक्त सजायविरुद्ध अपिल गर्नेछन्।

Advertisement

यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सालेही पहिलोपटक सन् २०२२ अक्टोबरमा पक्राउ परेका थिए। त्यसबेला सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए। उनीविरुद्ध धेरै आरोप लागेका थिए