November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

“म कसम खाएर भन्दिनँ, तर यो गठबन्धन माघ कट्दैन”- गगन थापा

1.2K

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन २०८१ सालको माघ नकट्ने दाबी गरेका छन् । शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले अहिले बनेको गठबन्धन माघ महिनासम्म भत्किसक्ने बताएका हुन्।

महामन्त्री थापाले भने, ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताकोअघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज, अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु ।’

महामन्त्री थापाले चुनाव अघिको गठबन्धन जनतालाई धोका भएको बताए । उनले भने, ‘चुनावको अघिको गठबन्धन जनतालाई धोका हो, चुनावको अघिको गठबन्धन बेइमानी हो, चुनावको अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो, चुनावको अघिको गठबन्धन मतदाताको अवमूल्यन हो। त्यसले चुनावको अघि गर्ने गठबन्धनलाई अब हामीले हाइ हाइ हैन बाई बाई गर्ने होव।

Advertisement

उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । उनले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताए ।

‘चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो । चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो’उनले भने, ‘त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ । चुनाव अघिको गबठन्धनले हाम्रो राजनीतिलाई विकृत बनाएको छ ।’

गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको पनि महामन्त्री थापाले बताए । इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताउदै उनले भने ‘आज इलामले सिंगो देशलाई गुन लगाउने बेला आएको छ । एउटा अवसर आएको छ । यो ठाउँबाट नेपालमा गठबन्धनको राजनीति चल्दैन, बिक्दैन भनेर नेता र पार्टीलाई सन्देश दिने बेला आएको छ ।’