November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पाँचथर समाज युकेद्वारा गायक नोगेन लिम्बुलाई भव्य सम्मान

3.7K

लन्डन । दि भोइस अफ नेपाल सिजन-५ का फाइनलिस्ट गायक नोगेन लिम्बुलाई लन्डनमा सम्मान गरिएको छ । कार्यक्रमको सिलसिलामा यूके आइपुगेका पाँचथरका नोगेनलाई पाँचथर समाज सेवा युकेले सम्मान गरेको हो ।

बुधबार एक कार्यक्रमको आयोजना गरी नोगेनलाई सम्मान तथा नेपालबाट आएकी समाजसेवी आशा नेम्बाङ र भवानी नेम्बाङलाई स्वागत गरिएको थियो।

कार्यक्रममा पाँचथर समाजकी अध्यक्ष तथा साहित्यकार शान्ती लिम्बुले आफ्नो पुस्तक ‘मिलिजुली’ पनि हस्तान्तरण गरेकी थिइन् ।

Advertisement

उक्त स्वागत तथा सम्मान कार्यक्रममा किरात याक्थुङ चुम्लुङ बेलायतका केन्द्रीय उपाध्यक्ष गणेश इजम, संस्थाका पूर्वअध्यक्ष चन्द्र सुन्दास, निवर्तमान अध्यक्ष कैलाश काम्बाङ, कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नरेन्द्रराज नेम्बाङ, महिला उपाध्यक्ष नन्द कुमारी सुन्दास, महासचिव लाहाङ चेम्जोङ, संस्कृति विभाग प्रमुख तारा लक्सम्बा लगायतको उपस्थिति थियो।

नोगेन ‘द भोइस अफ नेपाल युके टुर’ अन्तर्गत कार्यक्रमका लागि यतिबेला यूके आइपुगेका छन् ।