November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सर्‍यो एकीकृत समाजवादीकाे केन्द्रीय महाधिवेशनको मिति

1.7K

काठमाडौं । नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय महाधिवेशनको मिति सरेकाे छ । दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको हाे ।

एकीकृत समाजवादीको बुधबार बसेको ८०औं सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । यसअघि महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म हुने भनिएकामा आन्तरिक तयारी नपुगेकाले असारमा पुर्‍याएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

‘हामीले हाम्रो दसौँ राष्ट्रिय महाधिवेशनलाई केही दिन पछाडि सारेका छौ’, बैठकको निर्णय सुनाउँदै खतिवडाले भने, ‘२०८० असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्ने गरी निर्णय गरेका छौँ ।’

Advertisement

एकीकृत समाजवादीले जिल्ला कमिटी र केन्द्रको विश्लेषणका आधारमा महाधिवेशन मिति केही दिन पछि सारेको जनाएको छ ।