April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रत्यक्ष निर्वाचित प्रणालीबाट राम्रो मान्छे छनोट हुँदैन: माधव नेपाल

1.2K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नहुने बताएका छन्।

मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष नेपालले राजनीतिकर्मीको आचरण सही नभएकाले प्रत्यक्ष निर्वाचित प्रणालीबाट राम्रो मान्छे छनोट नहुने बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुंगो लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् त। केही समय पहिला भएको फिलिपिन्समा चुनावको स्थिति हेर्नुस्। अब हुन गइरहेको दक्षिण अफ्रिकाको राष्ट्रपतिको चुनाव हेर्नुस्। हाम्रो आचरण यस्तो छ। यस्तै खालका मान्छेहरू राष्ट्रपति भयो भने यो देशको सबै लुटेर लगिदिन्छन्।’

Advertisement

उनले नेपालमा अघि बढ्न संविधान बाधक नभई सहयोगी नै भएको बताए। अधयक्ष नेपालले अगाडि भने, ‘अहिले अघि बढ्नका लागि यो संविधान सहयोगी छ, बाधक छैन । आठ वर्षको अनुभवको प्रकाशमा पनि विगतका कुरालाई सुधार्नुपर्छ । कानून निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ।’

अध्यक्ष नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला भएकाे बताए ।