काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सहकारी विभागमा १० जना सदस्य मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विभागमा १० जना सदस्य थपेका हुन् ।
विभागको सदस्य मनोनयन हुनेमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल,शम्भु घिमिरे, नवराज न्यौपाने र कृष्ण खनाल रहेका छन् ।
सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेल रहेका छन् । उनलाई सभापति देउवाले गत मंसिर १ मा विभाग प्रमुख बनाएका थिए ।
यस्तै, सभापति देउवाले आदिवासी जनजाति विभागमा पनि सदस्यहरू मनोनीत गरेका छन्। केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा १० जना सदस्यलाई शुक्रबार मनोनीत गरिएको हो।
मनोनीत सदस्यहरूमा नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, चन्द्रकुमार आङ्देम्बे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ, कृष्ण घिसिङ रहेका छन् ।