April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘रूद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान’ झापाले सन्दुक रुइतलाई पुरस्कृत गर्ने

2K

झापा । आँखा रोगका विशेषज्ञ चिकित्सक  सन्दुक रुइतलाई  ‘रूद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान’ झापाले ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गर्ने भएको छ।

आगामी वैशाख ४ गते भद्रपुरमा आयोजना हुने बिशेष समारोहबीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले रुइतलाई ५ लाख नगदसहित सम्मानित गर्ने भएका हुन् ।

उक्त पुरस्कार पाउने रुइत दोश्रो प्रतिभा हुन् । प्रतिष्ठानले यसअघि नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबरालाई यो पुरस्कार प्रदान गरेको थियो ।

Advertisement

प्रतिष्ठानले विसं. २०६७ सालदेखि कृषि, साहित्य पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ । प्रतिष्ठानले देवी ओली स्मृति राष्ट्रिय बाल प्रतिभा पुरस्कार झापा बुद्ध शान्ति गाउँपालिका १ का बाल बैज्ञानिक १७ वर्षीय सविन बाँस्कोटालाई दिने भएको छ । पुरस्कारको राशी १ लाख १ हजार १ सय ११ रुपैयाँ छ।