April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

फिदिम नगरपालिका ‘पूर्ण खोप सुनिश्चित स्थानीय तह’ घोषित

1.4K

पाँचथर । फिदिम नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित स्थानीय तह’ घोषणा गरिएको छ । नगरपालिकामा वसोवास गर्ने जन्मदेखि ५९ महिनाका सबै बालबालिकालाई मापदण्ड अनुसारका खोप लगाएर फिदिमलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

नगरपालिकालाई मंंगलबार फिदिममा आयोजित समारोहमा पूर्ण खोप सुनिश्चत घोषणा गरिएको थियो ।

कार्यक्रममा नगर प्रमूख मित्रप्रसाद काफ्लेले प्रश्तुत गरेको तथ्यांक अनुसार नगरपालिकामा जन्मदेखि ५९ महिनाका बालबालिकाको संख्या ३ हजार १ सय ६० छ । जसमध्ये जन्मेदेखि १५ महिना उमेर समूहका ९ सय ९३ छ । उनीहरुलाई उमेर समूह अनुसार मापदण्ड अनुसारका खोप लगाउनुका साथै १६ देखि ५९ महिनाका बालबालिकालाई अभियानका क्रममा खोप लगाएर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

Advertisement

जिल्ला समन्वय समितिका उपप्रमूख यामकुमार आङबोले नगरपालिकालाई पूर्ण खोप सुनिश्चतताको प्रमाण पत्र प्रदान गरे ।

यसअघि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरि सकिएको छ ।
घोषणा कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका नेताहरु,कार्यालय प्रमूख र स्वास्थ्यकर्मी सँगै जनप्रतिनिधिको उपस्थिति थियो ।