November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेसद्धारा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता

२०८० फाल्गुन २२

1.4K

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने भएको छ । एमाले, माओवादी र रास्वपाको नयाँ सत्ता गठबन्धन भएपछि कांग्रेस सरकारबाट बाहिरिएको हो ।

एमाले–माओवादीका दोस्रो तहका नेताहरूका अनुसार प्रधानमन्त्रीमा आलोपालो गर्ने र २०८४ को चुनावमा चुनावी गठबन्धन वा पार्टी एकतासम्म गर्ने विषयमा समझदारी भएपछि नयाँ राजनीतिक ‘कोर्स’ सुरु भएको हो ।

Advertisement

केन्द्र र प्रदेशका नेतृत्वसहित सबै विषय टुंगो लगाएपछि एमाले, रास्वपा र जसपाका वरिष्ठ नेताहरूलाई उपप्रधानमन्त्रीसहित मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारी छ ।