November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेकपा एसनिकट सरकारी कर्मचारी संगठनले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापनपत्र

२०८० फाल्गुन १८

1.2K

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट रहेको एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।

सो संगठनका सहअध्यक्ष शरण कुमार गुरुङको नेतृत्वमा गृहमन्त्री श्रेष्ठलाई भेटी मुलुकका विभिन्न स्थानमा रास्ट्रसेवक कर्मचारीमाथि भैइरहेको भौतिक आक्रमणको बिरोध गर्दै दोषिलाई कारबाहीको दायरामा ल्याउन प्रचलित कानून अपर्याप्त भएको हुँदा यस्ता घटनामा संलग्न दोषिलाई फौजदारी अपराधमा समावेश गरि कानुनको दायरामा ल्याउन विशेष कानून निर्माणकोसमेत माग गरेको छ ।

संगठनले यही फागुन ११ गते रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटामाथि भएको सांघातिक हमला र फागुन १६ गते बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकालमाथि भएको आक्रमणको घोर भर्सना गर्दै अपराधीलाई कारबाहीको मागसमेत गरेको छ ।

Advertisement

सो कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष सीता गुरुङ, सचिव भुन कुँवर र प्रतीक तामाङ लगायतको उपस्थिति रहेको थियो ।