पाँचथर । फागुन फागुन १६ देखि २३ गतेसम्म सञ्चालन हुने दादुरा(रुवेलाको खोप पाँचथर जिल्लामा १२ हजार ६ सय ८७ बाल बालिकालाई बालबालिकालाई लगाइने भएको छ ।९ महिनादेखि पाँच वर्ष उमेर समूहकाउमेर बालबालिकालाई खोप लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यालय पाँचथरका अनुसार पाँचथरका आठै स्थानिय तहहरुमा उनीहरुलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिए ।
यही फागुन फागुन १६ देखि २३ गतेसम्म सञ्चालन हुने अभियान दुई चरणमा विभाजन गरेर सञ्चालन गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा हिलिहाङ,याङवरक, फालेलुङ गाउँपालिका र फिदिम नगरपालिका १३ गते देखि २७ गते सम्म अभियान सञ्चालन हुने छ । कुम्मायक गाउँपालिका, तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका भने दोस्रो चरणमा फागुन २३ गतेदेखि फाल्गुन २७ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । प्रत्येक दिन ६ घण्टा खोप सञ्चालन गरिने छ ।
गर्भवती, एड्स सङ्क्रमित, केमोथेरापी वा उच्च क्षमताको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई यो खोप लगाउन मिल्दैन । सामुदायिक विद्यालयमा खोप केन्द्र रहने कार्यालयका प्रमुख तुम्बापोले जानकारी दिए । विद्यालय नभएका ठाउँमा पनि खोप केन्द्र रहने छन् ।
यसैगरी सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग, कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा, अन्तरदेशीय सीमा, बसपार्क जस्ता ठाउँमा पनि खोप केन्द्र राखेर सेवा दिइने उनले जानकारी दिए । खोप केन्द्र निर्धारण गर्दा गाउँपालिकाको प्रत्येक वडामा कम्तीमा एउटा, नगरपालिकाको प्रत्येक वडामा कम्तीमा दुईवटा, उपमहानगरपालिकाको प्रत्येक वडामा कम्तीमा तीनवटा र महानगरपालिकाका प्रत्येक वडामा कम्तीमा चार वटा खोप केन्द्र रहने व्यवस्था रहेको छ ।
अभियानको क्रममा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा(रुबेला खोपका अतिरिक्त डिपिटि(हेप बी(हिव, पिसिभी र आईपिभि खोप लगाइने छ । दादुरा रुबेला खोप अभियानको लक्ष्य लक्षित उमेरका बालबालिकालाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने रहेको उनको भनाइ छ ।
पाँच वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट भएका नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने अभियानको उद्देश्य रहेको छ ।