April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

सुनसरीको बराहक्षेत्रस्तिथ स्काइ इङ्लिस स्कुलले मनायो आफ्नो तेह्रौं अभिभावक दिवश

1.5K

कवि प्रकाश दिप्साली राई र फुटबल खेलाडी निशान लिम्बु सम्मानित

सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नम्बर –३ नडाहास्थित स्काइ इङ्लिस स्कुलले आफ्नो तेह्रौं अभिभावक दिवस विद्यार्थी र अभिभावकहरुलाई समर्पित गर्दै मनाएको छ । १३ वर्षदेखि शिक्षामा योगदान दिदै आइरहेको उक्त स्कुलले अभिभावक दिवशको अवसरमा विद्यार्थीहरुको प्रतिभा र क्षमताको अभिवृद्धि गर्ने उदेश्यले अनेकौं प्रर्दशनीको आयोजना गरेको हो ।

प्रर्दशनीको स्टलमा शिक्षा, विज्ञान, प्रविधि तथा संस्कृति सम्बन्धि प्रर्दशनी गरिएको थियो भने विद्यार्थीहरुको कला र सीपको प्रवर्द्धन गर्ने उदेश्यले नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । गत सालको परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै उत्तीर्ण हुने पहिलो, दोस्रो र तेस्रो हुने प्ले ग्रुपदेखि कक्षा १० सम्मकै विद्यार्थीहरुलाई मेडलसहित पुरस्कार वितरण गरिएको थियो ।

सोही अवसरमा विद्यालयका निम्ति योगदान दिने, विद्यालयको नाम उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडी तथा विद्यलयका जेहेन्दार विद्यार्थीहरु, शिक्षक एवम् अभिभावकहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

Advertisement

सोही अवसरमा विद्यार्थीहरुको प्रेरणाका स्रोत भन्दै बराहक्षेत्र–३ निवासी राष्ट्रिय कविता महोत्सव–२०८० विजेता कवि प्रकाश दिप्साली राई र मनाङ मर्स्याङ्दी क्लबका कप्तान फुटबल खेलाडी निशान लिम्बुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र –५ का वडाअध्यक्षले स्काई इङ्लिस स्कुलको सोच र मिहिनेतले आफू प्रभावित भएको बताए । उनले भने, “सर्वप्रथम त यो स्कुलको नाराले नै म प्रभावित छु । यो देश र समाजको लागि आ–आफ्नो क्षेत्रबाट यसरी नै लागि परेको खण्डमा देश विकास चाडै हुन सक्छ । तर हामी परनिर्भर हुदा संभावना भएर पनि पछि पर्नु परेको छ । आजका यी विद्यार्थीहरु भविष्यका कर्णधार भएकाले उनीहरुलाई उचित शिक्षा दीक्षा दिन अभिभावकहरुको दायित्व हो ।”

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभाध्यक्ष एवम सो स्कुलका प्रधानाध्यापक शरणकुमार लिम्बुले आफ्नो विद्यालय विद्यार्थीहरुको मनोविज्ञान बुझेर अघि बढैकैले यो अवस्थासम्म आइपुगेको बताए । “हामी फेरि एक पल्ट भन्ने गर्छौं शिक्षाको ज्योतिबाट कोही वन्चित हुन नपरोस्”, उनले भने ।
कार्यक्रमको सन्चालन पूर्व विद्यार्थी उषा कार्की र सस्थापक राजन इशाराले गरेका थिए ।