April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

रौतहटको ईशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

1.6K

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । प्रसाशनका अनुसार आज बेलुका ५ बजेदेखि अर्को आदेश नभए सम्मको लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

गत फाल्गुन ०३ गते ईशनाथ नगरपालिकाको वडा नं. ०६ र ०७ मा सरस्वती मूर्ती बिसर्जनको क्रममा मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको बिषयलाई लिएर आज घिउरामा पुनः विवाद र झडपको स्थिति उत्पन्न भएपछि कर्फ्यू आदेश जारी गरिएको हो । आदेशको बर्खिलाफ भएमा कानून बमोजिम कडा कारवाही हुने प्रशासनले जनाएको छ ।

सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम शान्ति भंग हुन जाने स्थिति देखिएकोले ईशनाथ नगरपालिका क्षेत्रको कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ । कर्फ्यू आदेश जारी भएको सिमा क्षेत्रभित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुक प्रदर्शन गर्न, घेराउ रÞ्याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न रोक लगाइएको छ ।

Advertisement

कर्फ्यू आदेश जारी भएको ईशनाथ नगरपालिकाको सिमा क्षेत्र पूर्वमा जोकहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप, दक्षिणमा जयनगर प्रहरी चौकी रहेको छ ।