चितवन । रिटर्नी एशोसिएशन समाजवादी गठन भएको छ । सोमबार संगठनका केन्द्रीय अध्यक्ष प्रविण पौडेलको विशेष उपस्थितिमा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा सुदिप गिरी, सचिवमा शोभा कान्त पोखरेल, सह–सचिवमा शिव कडेंल कोषाध्यक्षमा विजय लामा चयन भएका छन् भने सदस्यहरूमा सन्तोष देउजा, अनिल अधिकारी, प्रमोद गौतम, विश्वास लामा, राजकुमार रुम्बा, बिराज देउजा, दिलबहादुर कुमाल चयन भएका छन् । बांकी पछि चयन गरिने निर्णय भएको जनाइएको छ ।
कार्यक्रममा संगठनको ईन्चाज प्रमुख मिना ज्ञावली (नेपाल)को उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उनले संगठनका बिषयमा के गर्न हुने ? के गर्न नहुने ? र, सगठनप्रति आफुहरुले गर्नुपर्ने जिम्मेवारी निकै गहन बिषय सहयोगी भावनाले अघि बढ्नुपर्ने समेत बताईन् ।
कार्यक्रममा केन्द्रीय सदस्य राजु गिरी, महेश लम्साल, चितवन जिल्ला पार्टी इन्चार्ज ,पार्टी अध्यक्ष लगायतको उपस्थित रहेको थियो भने रिटन नेपाल केन्द्रीय अध्यक्ष प्रविन पौडेलले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
अध्यक्ष पौडेलले नवगठित कमिटीलाई बधाई दिँदै भने, ‘यहाँहरुले संगठन र पार्टीको कार्यमा तदारुक्ताका साथ लाग्नु हुनेछ भन्ने विश्वास छ ।’ उनले जनता र देशको पक्षमा ईमान्दारीपूर्वक लागेर कामगर्ने पार्टी एकीकृत समाजवादी नै भएको हुनाले संगठनको काममा गतिका साथ लाग्नसमेत सुझाएका थिए ।