April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सिनकानसेनको देशबाट, ओ पेङदोर्जे लोकार्पण तथा गाउँ फर्किरहेको परदेशी टोक्यो साँझ सम्पन्न

4.3K

टोकियो । बिश्व नेपाली साहित्य महासंघ जापान शाखाको आयोजनामा बिनेसाम शाखाका सद्स्य प्रबिण लामाको ‘सिनकानसेनको देशबाट’ लोकार्पण, कवि राजु स्याङतानको ‘ओ पेङ्ग्दोर्जे’ जापान लोकार्पण, सहसचिव सयपत्री थुलुङको ‘गाउँ फर्किरहेको परदेशी’ टोकियो साँझ साथै सचिब गंगा गगनको शब्दमा रहेको म्युजिक भिडियो ‘ए निबुले सोल्टिनी’ सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ ।

बिश्व नेपाली साहित्य महासंघ जापानका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बुको प्रमुख आतिथ्यमा जापनिज नेपालीभाषा साहित्यलाइ माया गर्ने हारुहितो नोजु तथा विशेष ब्याक्तित्वहरुको साथमा दिप प्रज्वलन तथा राष्ट्रियगानको साथमा कार्यक्रम सुरु भएको थियो ।

पहिलो चरणमा कृतिहरुको बिमोचन तथा विशेष ब्याक्तित्वहरुको मन्तव्य तथा कृतिका सर्जकहरुको भनाइ तथा भर्चुअल दुनियाँबाट विभिन्न देशहरुबाट विशेष ब्याक्तित्वहरुका आफ्ना कुराहरुसमेत जोडिएका थिए ।

Advertisement

पछिल्लो चरणमा प्रवासको ब्यास्त समयलाई बचाएर सिर्जनामा मिसाउनु अनि एक अर्काको सिर्जनालाई सम्मान गरेर नेपाली भाषा साहित्यलाई बिश्वभरबाट जोगाइराख्नु, विश्वभर फैलिएका नेपाली सिर्जना प्रेमिहरुको कर्तव्य जस्तै बनिरहेको छ ।

दोश्रो चरणमा कबि सयपत्री थुलुङको गाउँ फर्किरहेको परदेशी टोकियो साँझले जापानको टोकियोलाइ कवितामय बनाएको थियो । करिब एक दर्जन कविताहरु सुनाएर कवि थुलुङले सबैलाई मन्त्रमुग्ध बनाइन् । गाउँ फर्किरहेको परदेशी टोकियो साँझ सकिएपछि उपस्थित सर्जकहरूको सृजनाहरू वाचन साथै कार्यक्रम को अन्तिम चरणमा गङ्गा गगनको निबुले सोल्टिनी गितको भिडियोले टाढाटाढाबाट कार्यक्रमा उपस्थित भएको बाटोको थकानहरु भुलाएका थिए। उक्त कार्यक्रमको सन्चालन विनेसाम महासचिव रविन्द्र दिखुक्पाले गरेका थिए ।

विगतदेखि आजसम्म आइपुग्दा सबैले दिएको हौसला र साथलाई हार्दिकता ज्ञापन गर्दै अध्यक्ष देवी बहादुर ईङ्नामले कार्यक्रमको विसर्जन गरेका थिए । बिनेसाम शाखाले यश अघि पनि धेरैले कार्यक्रमहरु गर्दै आइरहेको छ त यसपटक पनि उत्कृष्ट कार्यक्रम सम्पन्न गरेको छ ।