November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कार्यकर्तालाई समाज रुपान्तरणमा सहभागी हुने काममा सक्रिय भएर लाग्न पौडेलको आग्रह

1.3K

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीका कार्यकर्तालाई समाजवादका आधार निर्माण गर्ने र समाज रुपान्तरणमा सहभागी हुने चुनौतीपूर्ण काममा सक्रिय भएर लाग्न आग्रह गरेका छन् ।

पार्टीको रुपन्देहीको आयोजना र केन्द्रीय पार्टी स्कुल विभागको समन्वयनमा सोमबारदेखि बुटवलमा सुरु भएको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले पार्टीलाई विधि, पद्घतिबाट चलाउने, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्ने कुरा चुनौतीपूर्ण रहेकोतर्फ कार्यकर्ताको ध्यानआकृष्ट गर्दै विधि र अनुशासन नभई पार्टी चल्न नसक्ने विषयलाई ध्यानपूर्वक अख्तियार गर्न आग्रह गरेका हुन् ।

उनले पार्टीभित्र नीतिमा समस्या नरहेकाले वैयक्तिक स्वार्थमा रहेर काम नगर्ने हो भने अहिले पार्टीमा कुनै समस्या नरहेको तर अरुको तुलनामा हैन हाम्रो आवश्यकताका आधारमा हुन जरुरी रहेको पनि बताए ।

Advertisement

उनले रुपन्देही पार्टीका लागि चुनौतीपूर्ण र अपरिहार्य कार्यसूचिभित्र सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान पहिलो नम्बरमा रहेकाले यसतर्फ दृढतापूर्वक कार्यक्रम बनाएर लाग्न तथा युवा पङ्क्तिलाई आग्रह गर्दै एमालेमार्फत नै युवा समस्याको समाधान हुन्छ भन्ने विश्वास दिलाएर तदनुसारको काममा लाग्न निर्देशन दिए।

उनले भने,‘शिक्षा, स्वास्थ्य र रोजगारीका लागि हामीले के गर्न सक्छौं ? यसबारेमा सरकार बाहिर छँदा पनि योजना बनाउन आवश्यक रहेकाले वैकल्पिक कार्यक्रम बनाउनुपर्यो ।’