April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एफसी एसियन कप: अष्ट्रेलियाद्वारा भारत पराजित

1.4K

दोहा। कतारमा जारी एफसी एसियन कप फुटबलमा अष्ट्रेलियाले भारतलाई हराएको छ ।

अहमद बिन अली  रंगशालामा आज भएको पहिलो  खेलमा अष्ट्रेलियाले भारतलाई २–० गोलले हराएको हो।

। अष्ट्रेलियाका लागि खेलको ५० औँ मिनेटमा ज्याक्सन इर्भिन र ७३ मिनेटमा जोर्दन बोसले गोल गरे ।

Advertisement

यो सँगै समूह बी मा रहेको अष्ट्रेलियाले तीन अङ्क जोडेको छ ।

समूह ‘ए’ को खेलमा  आजै ५:३० बजे चीन र ताजिकिस्तान भिड्ने छन् ।
खेल अब्दुल्ला बिन खलिफा रंगशालामा हुनेछ।

८:३० बजे समूह ‘बि’ मा रहेका सिरिया र उज्बेकिस्तान बीच प्रतिस्पर्धा हुनेछ ।खेल जसिम बिन अहमद रंगशालामा हुनेछ ।
एसियन कपको १८ औँ संस्करण आयोजना गरेको हो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ