November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कतारमा कार्यरत नेपालीलाई आफ्नो पेशाप्रति इमान्दार रहन राजदूत डा. भारद्वजको आग्रह

3.7K

काठमाडौं– कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वजले कतारस्थित विभिन्न पेशा तथा व्यवसायमा आबद्ध नेपालीहरुलाई आफ्नो पेशाप्रति सधैं इमान्दार रहन आग्रह गरेका छन्। 

शुक्रबार दोहास्थित गरिएको श्रमिक सुरक्षा र सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत भारद्वजले सो आग्रह गरेका हुन्।

कतारमा रहेका नेपालीहरुले स्थानीय संस्कृति, धर्म र प्रचलित कानुन प्रतिकुल नहुने गरी सजग रुपमा काम गरी नेपालको इज्जत र आफ्नो स्वाभिमान तथा आत्मसम्मान कायम गर्नसमेत उनले जोड दिए । 

Advertisement