November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ: देउवा

1.2K

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिबार पार्टीको वाग्मती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्र एउटा दोधारमा उभिएको बताएका हुन्।

सभापति देउवाले भने, ‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा संकटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर कांग्रेसले खासगरी नेतृत्वदायी भूमिकामा बसेर हामीले नेपाललाई जो अहिले समावेशी, समानुपातिक व्यवस्था गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था हामीले नेपालमा स्थापित गरेका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो । यद्यपि यो समानुपातिक समावेशीको कारणले सम्पूर्ण नेपालीहरू आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था स्थापित गरेका छौँ ।’

यो सबैको समावेशीतामा आधारित व्यवस्था भएको उल्लेख गर्दै यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको उनले बताए । ‘तर सबै साथीहरुको सहयोगले यो पार्टी सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर यो पार्टीलाई अझै सुदृढ गर्दै यसलाई ग्रास लेभलबाटै यो पार्टीलाई पूर्ण रुपमा प्रतिबद्ध गराइ बलियो बनाउन लाग्नुपर्छ,’ उनले भने ।

Advertisement