November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु

1.6K

काठमाडौं । प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या, मन्त्रालय सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अङ्ग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा शनिबार सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा नेपालका प्रत्यारोपण विज्ञहरू, समाजसेवी, पत्रकार, कालाकार, कानुनविद् तथा प्रत्यारोपण तथा मस्तिष्क मृत्यु पश्चात् अंगदान हुन सक्ने अस्पतालका आइसीयू इन्चार्ज, ट्रान्सप्लान्ट कोर्डिनेटर,  प्रत्यारोपण हुन  भई रहेका र  हुन सक्ने अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ प्रमुखका साथै विदेशी प्रत्यारोपण विज्ञहरूको पनि सहभागिता रहेको छ । 

प्रत्यारोपण सम्बन्धी सम्मेलनले देशका सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गरी मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धी  कार्यले अझै प्रभावकारी रूपमा गति लिने विश्वास लिइएको छ ।

Advertisement

सम्मेलनमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मस्तिष्क मृत्युपछि अंगदान गर्नेसम्बन्धी विषयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको प्रयास सराहनीय रहेको बताए। आफूले पनि अंगदान गरिसकेको बताउदै प्रधानमन्त्री प्रचण्डले अंगदान गर्न सबैलाई आह्वान समेत गरेका छन् । ‘मस्तिष्क मृत्युपछि अंगदान गर्न आम सर्वसाधारण हिचकिचाइरहेको देखिन्छ। म स्वयंले पनि अंगदान गर्ने घोषणा यसअघि नै गरेको छु। सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु–मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्,’ उनले भने ।

यस्तै, मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी रहेको पनि उनले बताए । ‘तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपील गर्दछ,’ उनले थपे ।