दोलखा । अनेरास्ववियू दोलखा जिल्ला कमिटी पुनर्गठन भएको छ। तेजस्वी बस्नेतको अध्यक्षतामा २१ सदस्यीय कमिटी पुनर्गठन भएको हो।
नवगठित समितिको सचिवमा रोहित घिमिरे र कोषाध्यक्ष सुजता बि.क रहेका छन्। विद्रोह पश्चात सङ्गठनको निवर्तमान अध्यक्ष पुष्पक केसीको अध्यक्षतामा अनेरास्ववियू पूनर्गठन भएको अनेरास्ववियुका उपमहासचिव कल्याण दाहालले बताए ।
नेकपा एकीकृत समाजवादीको दोलखा जिल्लाको १०औं जिल्ला अधिवेशनको अवसरमा अनेरास्ववियूको पूनर्गठन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पार्टीका केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर, बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, पोलिट्ब्युरो सदस्य शिवप्रसाद भण्डारी, पार्टीका केन्द्रीय सदस्य तथा कानुन विभागका इञ्चार्ज घनप्रसाद गौतम, केन्द्रीय सदस्यहरु गोपाल न्यौपाने, महेन्द्रबहादुर कार्की ,चुनु के.सी.,पार्टीका जिल्ला अध्यक्ष भीमप्रसाद दाहाल लगायतका नेताहरूले नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरेका थिए।