काठमाडौं । चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ भने दुई सय भन्दा बढी घाइते छन् ।नेपाली समयअनुसार मंगलबार बिहान २ बजे उत्तरी चिनको कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको जनाइएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।