April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इन्डोनेशियामा भूकम्प : सात जनाको ज्यान गयो

1.8K

काठमाडौँ – इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पपछि विज्ञले शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । भूकम्पका कारण घर तथा अस्पताल भत्किँदा कयौं नागरिक फसेका छन् । 

भूकम्पपछि सयौँ नागरिक विस्थापित भएका छन् । इन्डोनेशियामा सन् २०१८ मा भूकम्प र सुनामीका कारण दुई हजार जनाको ज्यान गएको थियो । 

Advertisement