April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सरकारले आफ्नो मागलाई बेवास्था गरेको भन्दै आजदेखि अनसन बस्ने डा. केसीको घोषणा

1.5K

काठमाडौं। सरकारले आफ्नो मागलाई बेवास्था गरेको भन्दै डा.गोविन्द केसीले आज साँझबाट अनशन सुरु गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले तीनदिने सत्याग्रहको घोषणा गरेका हुन् ।

डा. केसीले विगतमा भएका सम्झौता,सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।

यसअघि पटकपटक अनसन बसिसकेका केसीले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानूनी व्यवस्था गर्ने, ऐन जारी नहुंदासम्म दलीय भागवण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने लगाएतका माग राखेका छन् । बारम्बार सत्याग्रही आन्दोलन समेत गरेको तर जुन पार्टीहरु सरकारमा गए पनि इमान्दारीसाथ आफूहरूसँग भएका सम्झौताहरु कार्यान्वयन गरेका नगरेर वरु वारम्वार धोका दिएको बताउदै उनी पून: अनसन बस्न लागेका हुन्।

Advertisement