काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहका नेताहरुको बैठक आह्वान गरेका छन् । आसन्न महासमिति बैठक, राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफलका लागि बैठक बस्न लागेको हो ।
मंगलबारको लागि बोलाइएको बैठकमा कोइरालाले इतरपक्षका पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र नेताहरुलाई बोलाएका छन् ।
बैठकमा महामन्त्री गगन थापा जाने वा नजाने भन्ने अन्यौलमा रहेका उनी निकट स्रोतले बताएको छ ।