सुर्खेत । एकीकृत समाजवादी पार्टीका उपमहासचिव प्रकाश ज्वालाले भष्ट्राचारलाई निरुत्साहित गर्दै अगाडि बढ्नु आजको आवश्यकता रहेको बताएका छन्। समाजवादी प्रेस सगंठन नेपाल कर्णाली प्रदेशकाे प्रथम अधिवेशनलाई सम्बाेधन गर्दै प्रदेश ईन्चार्जसमेत रहेका ज्वालाले जनपक्षीय काम गर्दै भष्ट्राचार विराेधी गतिविधिलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता भएकाे बताएका हुन्।
अहिले मुलुकनै आर्थिक मन्दीकाे मारमा देखिएकाले यसकाे असर मिडियामा पनि पर्नु स्वाभाविक रहेको उनको भनाइ थियो। उनले वालुवाटार जग्गा प्रकरणमा एकजना व्यक्ति मिडियाका कारण अप्ठ्यारोमा परेकाे स्मरण गर्दै मिडियामा ठुलाे शक्ति भएकाले यसलाई सहि ढंगले सदुपयोग गर्न आग्रह पनो गरे ।
मन्त्री ज्वालाले भने, ‘मिडियाका कारण कतिपय गलत कुराहरू सत्य हुने र सत्य कुरा गलत हुने भएकाले मिडियालाई साच्चिकै मिडिया बनाएर तपाईहरुले कलम चलाउनु हुन्छ भन्ने विश्वास रहेकाे छ ।’ भाैतिक यातायात तथा पूर्वाधार मन्त्री ज्वालाले कानूनलाई टेकेर मिडियालाई गर्न सक्ने र मिल्ने सहयोग सरकारले गर्ने बताए ।
अहिलेकाे याे सरकार जनताकाे सरकार भएकाले जनताका समस्याहरु समाधान गर्दै अगाडि बढेकाे उनको दाबी थियाे । ‘तपाईहरू जनपक्षिय एजेन्डालाई पछ्याउँदै मिडियाका माध्यमबाट अगाडि बढ्नोस्’, उनले भने, तपाईं समाजवादी प्रेस सगंठनका पत्रकारहरुकाे प्रगति र पक्षमै पार्टी हिजाे पनि थियाे अहिले पनि छ र भाेली पनि रहन्छ ढुक्क हुनुस ।´
एकीकृत समाजवादी पार्टीप्रति आस्था राख्ने पत्रकारहरू सख्याका हिसावले थाेरै भएपनि गुणात्मक हिसावमा ठुलाे सख्यामा भएको बताउदै उनले भने, ‘जनताका र पार्टीको गतिविधि वारेमा तपाईहरुले गरेका कामले देखाईरहेकाे तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ । हिजो पद र लाभका कारणले हामीले विद्रोह गरेकाे नभएकाले हामी समाजवादकाे यात्रामा निरन्तर अगाडि वढनुपर्छ ।’
कार्यक्रमका विशेष अतिथि समाजवादी प्रेस सगंठनका अध्यक्ष विश्वमणी सुवेदीले पत्रकारिता सुधार्नका लागि पहिले पत्रकार नै सुध्रिन पर्ने बताए । उनले भने, ‘हामी पत्रकारहरुमा पनि केही समस्याहरु छन जसका कारण मिडियाप्रति नागरिककाे विश्वसनीयता घटदै गएकाले हामी पहिले सुध्रिनु पर्छ ।’