April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पताल भर्ना

1.2K

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ गंगालाल हृदयरोग केन्द्र भर्ना भएका छन् । श्रेष्ठको छातीमा असहज महसुस भएपछि मंगलबार राति गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

मन्त्री श्रेष्ठको गएराति नै एन्जियोग्राम गरी देब्रे नसाको एन्टेरियर डिसेन्डिङ कोरोनरी आर्टरी गरिएको उनको सचिवालयले जनाएको छ ।

यसअघि गएको कात्तिक १ गते चीन भ्रमणका क्रममा श्रेष्ठलाई हृदयाघात भएको थियो। हृदयाघात भएपछि बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा एक सातासम्म उपचार गराएर उनी स्वदेश फर्किएका थिए।

Advertisement