November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विधान हेरफेर गर्न आगामी माघमा राष्ट्रिय सम्मेलन गर्दै एकीकृत समाजवादी

1.4K

काठमाडौं। नेकपा एकीकृत समाजवादीले विधानमा हेरफेर गर्न कार्यदल गठन गरेको छ । माघ १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा विधानबारे छलफल गर्ने  गरी कार्यदल गठन भएको हो । 

कार्यदलको संयोजकमा पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख   डा. बेदुराम भुसाल सहित महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहेका छन्। 
सम्मेलनको व्यवस्थापनका लागि पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधर, सचिव जीवनराम श्रेष्ठ, वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाल, केन्द्रीय सदस्य केदार सञ्जेल र विष्णु लम्साललाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै राष्ट्रिय महाधिवेशनमा पेस गर्ने पार्टी दस्ताबेज मस्यौदा तयार गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा कमिटी गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Advertisement

उक्त कमिटीमा केन्द्रीय सचिवालयका सदस्यहरुसहित केन्द्रीय पदाधिकारी साथै चारवटा विशेष क्षेत्रका सदस्यहरु रहनेछन् । 

सोमबारदेखि जारी पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीको १०औं महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ। आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको पार्टी उपमहासविच जगन्नाथ खतिवडाले जानकारी दिए ।