November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एकीकृत समाजवादीको सचिवालय बैठक आज

1.1K

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे छ ।

बैठकमा महाधिवेशनको मिति तय तथा अन्तर पार्टी निर्देशनको विवाद र राष्ट्रियसभाको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । तर महाधिवेशनको मितिमा अनिर्णीत भएपछि बैठक आजका लागि पनि बोलाइएको हो ।

Advertisement

माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन सार्न सहमत भए पनि मितिका बारेमा अझै टुंगो लागेको छैन । आजको बैठकले यसबारे टुंगो लगाउने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भए पछि माघ १४ गते हुने भनिएको महाधिवेसन सम्भवः नहुने भन्दै अध्यक्ष माधव नेपालले मिति सार्ने प्रस्ताव गरेका छन् ।