November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ट्वान्टी-२० विश्वकप छनोट: नेपालद्वारा ओमानलाई १ सय ८५ रनको लक्ष्य

२०८० कार्तिक १९

1.6K

काठमाडौं । ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा नेपालले ओमानलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले  निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १ सय ८४ रन बनाएको हो ।

नेपालका लागि गुल्शन झा र कप्तान रोहित पौडेलले अर्धशतक बनाए भने रोहित र करणले अन्तिम ओभरमा फायज बटलाई २४ रन प्रहार गरेका थिए, जसमा करणले दुई छक्कासहित १९ रन बनाएका थिए । नेपालले अन्तिम ५ ओभरमा ७५ रन जोडेको थियो ।

दोस्रो ओभरमा आसिफ शेखले छक्का प्रहार गर्दै आफ्नो खाता खोलेका थिए । उनी ६ रनमै आउट भए भने तेस्रो नम्बरको ब्याटिङमा सन्दीप जोरा १३ बलमा १० रनमात्र बनाएर ओमानका कप्तान जिसन मक्सुदद्वारा बोल्ड भए ।

Advertisement

यस्तै, कुशल भुर्तेलले ३१ रन बनाए । उनले २२ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । अफ स्पीनर अकिब इल्यासले भुर्तेल र कुशल मल्ललाई आउट गरि नेपाललाई पूर्ण रुपमा दबाबमा राखेका थिए । बोल्ड हुनु पूर्व मल्लले ९ बलमा ३ रनमात्र बनाउन सके । विवेक यादवले पनि १ रनमात्र बनाउन सके ।

फाइनलमा पुगेसँगैं नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी-२० विश्वकपमा स्थान पक्का गरेका थिए । नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।