November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

वंशको शासन कल्पना नगर्न माधव नेपालको चेतावनी

२०८० कार्तिक १७

1.2K

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान गर्ने कल्पना पनि नगर्न सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले  अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्न र वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगर्न सुझाव दिएका हुन् ।

देश सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री भएको ठाउँमा रहेका व्यक्तिहरू र मन्त्रिमण्डलले राम्ररी काम नगरेको पीडा भएका विकल्प दिएर जनतामा आशा जगाउनुपर्ने भन्दै  सरकारलाई मात्रै दोष दिएर नहुने बताए।

Advertisement

उनले प्रतिपक्षले पनि आफू भित्रको कमजोरी मूल्यांकन गर्नुपर्नेमा जोड दिए । आफ्नै कारणले देशमा समस्या र चुनौतीहरू आएकाले त्यसलाई समाधान गर्न पनि सबै मिलेर लाग्नुपर्ने बताए ।