November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेको चियापान कार्यक्रम आज

२०८० कार्तिक १५

1K

काठमाडौं । नेकपा एमालेको आज चियापान कार्यक्रम रहेको छ । कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो सवा १२ बजेदेखि सुरू हुने जनाइएको छ ।

यसअघि एमालेले कात्तिक १४ गते चियापान गर्ने भनेकामा सो दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले चियापान एक दिन सारिएको थियो।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको जनाइएको छ ।

Advertisement

पायक पर्ने सर्वसाधारणहरू पनि चियापान समारोहमा उपस्थित हुन सक्नेछन्।