काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत मंगलबारको खेलमा नेपाल र मलेसिया खेल्दैछ ।
कीर्तिपुरको त्रिवि मैदानमा हुन लागेको खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।
नेपालले समूह चरणको दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको थियो । त्यस्तै आजको मलेसियाविरुद्ध नेपालले जित हासिल गरेमा सेमिफाइनल यात्रालाई सहज हुनेछ ।
नेपाल प्रतियोगिताको समूह समा छ । नेपाल रहेको समूहमा सिंगापुर सहित ओमान र मलेसिया छन् ।
समूह बीमा यूएई, बहराईन, हङकङ र कुवेत छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम टी-२० विश्वकपमा छनोट हुनेछन् ।
नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ । टोलीमा नेपालले कुनै परिवर्तन गरेको छैन ।