November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाली कांग्रेसको चियापान कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता

२०८० कार्तिक ११

2K

काठमाडौं । नेपाली कांग्रेसको चियापान कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागित रहेको छ । कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठलगायतका पर्वको अवसर पारेर राखेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु पुगेका हुन् ।

कांग्रेसले वर्षेनि कोजाग्रत पूर्णिमाको दिन पारेर चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।

आजको कार्यक्रममा विभिन्न दलका नेता, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू चियापानमा पुगेका छन् ।

Advertisement

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, छविलाल विश्वकर्मा, उपमहासचिवद्धय प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता डा. राजन भट्टराई, एमाले युवा नेतृ तथा काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल सानेपा पुगेका थिए ।

सानेपामा कांग्रेस नेताहरुले एमाले नेतृत्व पँक्तिलाई न्यानो स्वागत गरेका थिए ।