November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेको शिक्षक सवार गाडी दुर्घटना हुँदा १० घाइते

2.4K

काठमाडौ । सिन्धुलीमा शिक्षक सवार गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । काठमाडौं आउँदै गरेको शिक्षक सवार विद्युतीय भ्यान बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।

काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन आउदै गरेका राहत, करार, बालविकास शिक्षकहरु सवार मधेश प्रदेश ००१ ज ००६२ नं को उक्त भ्यान शुक्रबार बिहान अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा कमलामाई नगरपालिकाका नीरकुमार चालिसे, कमला घिमिरे, सरोज थापा, मुकुन्द थापा, भुवन थापा, बबिता देवकोटा, विष्णु ढकाल, निश्चल ढकाल, तीनपाटन गाउँपालिका–१० का राजन कार्की, काभ्रे बनेपा–१० की गार्की बस्नेत रहको छन् । घाइते सबैलाई धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

Advertisement

चालक कमलामाई नगरपालिका–८ का तेजबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।