April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

संघीय निजामती विधेयक संसद्मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

1.7K

काठमाडौं । मन्त्रिपरिषद् बैठकले संघीय निजामती विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको हो ।

सूचना तथा संचार मन्त्री रेखा शर्माका अनुसार निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय भएको छ ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेश गर्ने निर्णय पनि गरेको छ ।

Advertisement

सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।