April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल विजयी

1.9K

बुटवल । अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न अधिवेशन निर्वाचनमा कँडेल विजयी भएका हुन् ।

विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन्, भने उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव (महिला)मा भने लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् ।

Advertisement