April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

वेपत्ता भएको १० दिनपछि डाक्टर कोइराला मृत फेला

1.3K

विराटनगर । १० दिनदेखि बेपत्ता रहेका झापा दमकका डाक्टर  उज्ज्वल कोइरालाको शव फेला परेको छ ।उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी वेपत्ता भएका उनको शव सुनसरीको वराहक्षेत्र  २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको हो । 

झापाको दमक–१ निवासी डाक्टर कोइराला कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए ।

डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो । उनले लगाएको जुत्ता र मोबाइल प्रहरीले सप्तकोशी नदी किनारमा भेट्टाएको थियो ।

Advertisement