November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेन दुवैको अभिव्यक्ति अराजक हो: शेखर कोइराला

2K

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको अराजक प्रवृत्तिले देश नचल्ने बताए । उनले बालेनको सिंहदरबार जाउने अभिव्यक्ति र प्रधानमन्त्री प्रचण्डको जातीय राज्य दिने अभिव्यक्ति दुवै अराजक भएको बताएका हुन् ।

मंगलबार कांग्रेस निकट निजामति कर्मचारीहरुको ट्रेड युनियले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै, ‘काठमाडौंको मेयरले जुन बोल्नुभयो । देशको सबैभन्दा ठूलो महानगरको मेयरले त्यो अराजक किसिमले बोल्न हुँदैन । देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य दिन्छौं भन्न मिल्दैन । यो कुरालाई गम्भीर रुपले पार्टीले लिनुपर्छ ।’

Advertisement