April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान

2.2K

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान गरेका छन्। जनसङ्ख्या, स्वास्थ्य र विकाससम्बन्धी चार दिने विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेर इजिप्ट प्रस्थान गरेका हुन् ।

उनले इजिप्टको कायरोमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले स्वास्थ्य अवस्था सुधारका पक्षमा चालेका कदम र चुनौतीका विषयमा मन्त्रीस्तरीय बैठकमा कुरा राख्ने बताइएको छ ।

यस्तै, मन्त्री बस्नेतले इजिप्टको स्वास्थ्यमन्त्रीसँग द्विपक्षीत भेटघाट गर्ने छ्न् । दक्षिण पूर्वी एशियाका स्वास्थ्यमन्त्रीसँग भेटघाट गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

Advertisement

मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासमेत इजिप्ट प्रस्थान गरेका छन् ।