November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाल तामाङ संघ समाजवादी बागमती गठन 

1.6K

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)  निकट नेपाल आदिवासी जनजाति महासंघ घटक संगठन नेपाल तामाङ संघ (समाजवादी) बागमती प्रदेश कमिटी गठन भएको छ । शनिवार काठमाडौँमा भएको प्रदेशस्तरीय  भेलाबाट टलक घिसिङको अध्यक्षतामा ५१ सदस्यीय बागमती प्रदेश कमिटी गरेको हो ।

कमिटीका उपाध्यक्षहरू अभिषेक लामा, विमल लामा, केशर तामाङ  सचिवमा भीम लामा, सह-सचिवहरूमा विनोद लामा, आशम लामा, विनोद लो तामाङ र रविन तामाङ चयन हुनुभएको छ  भने कोषाध्यक्षमा रिना लामासहित ५१ जना सदस्यीय कमिटी निर्माण गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले  नेपाली समाजको जातजाति, वर्गीय शोषण विरुद्ध लाग्न आग्रह गर्दै आदिवासी जनजातिहरू परम्परादेखि नै सामूहिक बस्न रुचाउने र सङ्घर्षशील रहेको बताए । देशको हरेक परिवर्तन सफल पार्न आदिवासीहरूको महत्वपूर्ण योगदान रहेको भन्दै पूर्व मन्त्री झाँक्रीले जनजातिको हितका लागि राज्यले  विभेदकारी कदम खेलिरहेको बताए । नेतृत्व सहितको समान सहभागिताको खोजीमा अझै लड्न जरूरी रहेको भन्दै उनले नेकपा (एकीकृत समाजवादी) स्थापनामा जनजाति समुदायको विशेष योगदान रहेको बताए। अबको क्रान्ति समाजवाद सहितको आर्थिक उत्पादनमा हुनुपर्ने बताउँदै उनले समुदायमा सामुहिक खेती तथा कृषिक वर्गको हितका लागि लाग्नुपर्ने उनको धारणा थियो ।

Advertisement

नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष एवम् इन्चार्ज पासाङ शेर्पाले  तामाङ समुदाय सहित जनजातिहरूथि हुने जुनसुकै विभेदकारी कदम विरुद्ध लड्न भूमिका खेल्नुपर्ने बताए। समुदायको धर्म, संस्कृति संरक्षण तथा पहिचानसहित अधिकार स्थापित गर्न तामाङ संघको महत्व भूमिका रहेको वक्ताहरूको भनाई थियो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा महासंघका उपाध्यक्ष राजाराम स्यङ्तान, केन्द्रीय सदस्य तथा महासंघका महासचिव चन्द्र बहादुर तामाङ, नेपाल तामाङ संघका सल्लाहकार प्रतीक ङ्यासुर लगायतले मन्तव्य राखेका थिए । भेलामा बागमति प्रदेशका ११ जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएको तामाङ संघका कोषाध्यक्ष टिकालाल तामाङले बताए । 

नेपाल तामाङ संघ (समाजवादी) का केन्द्रीय अध्यक्ष लाप्साङ तामाङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाल तामाङ संघ (समाजवादी) का महासचिव किरण मोक्तानले गरेका थिए।