दोहा । नेपाली रक्तदाता संघ कतारले ‘जीवन तनाव व्यवस्थापन, जीवनशैली र स्वस्थ आहार आनन्दमय जीवन पद्धतिका प्रमुख आधार’ विषायक कार्यक्रम गर्ने भएको छ । संघले विशेषज्ञ तथा वरिष्ठ उत्प्रेरक डा. राजु अधिकारीको सहजीकरणमा ‘जीवन सुखः निरोग सुख’ (तनाव व्यवस्थापन, जीवनशैली र स्वस्थ आहार) आनन्दमय जीवन पद्धतिका प्रमुख आधार विषायक कार्यक्रम गर्ने भएको हो ।
मानवीय र परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष लाभ लिनको लागि अपनाउनु पर्ने जीवनशैली र ग्रहण गर्ने आहार (भोजन) का बारेमा हुने विशेष प्रशिक्षणले जीवन उपयोगी ज्ञान प्राप्त हुने नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजि खत्रीले बताए ।
जीवन उपयोगी ज्ञान प्राप्त हुने विशेष प्रशिक्षण कार्यक्रममा उपस्थित भई दिन कतारमा स्थापित संघसंस्था प्रमुख, सामाजिक अभियन्ता, पत्रकार, नेपाली रक्तदाता संघका आजीवन सदस्य, साधारण सदस्य, साथै कतारबासी सम्पूर्णलाई अध्यक्ष खत्रीले अनुरोध गरेका छन् ।
सेप्टेम्बर ८ तारिक शुक्रवारका दिन नज्मा स्थित सालिमार इस्ताबुल रेस्टुरेन्टमा हुने कार्यक्रम मध्याह्न १२ बजे बाट सुरु हुनेछ ।
‘रक्तदान जीवनदान’ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै ‘स्वस्थ रगत संकलन’ कार्यमा सहयो पु¥याउने अभिष्टले स्थापना भएको नेपाली रक्तदाता संघ कतारले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।