पाँचथर । जिल्लाको दक्षिणी भेकमा रहेको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा फोहोरमैला व्यवस्थापन कार्यन्वयन भएनभएको अनुगमन गरिएको छ । ‘सफा सुन्दर कुम्मायक हाम्रो पहिचान’ भन्ने मुल नारा00pका साथ शुक्रबार अनुगमन सम्पन्न भएको हो ।
कार्यक्रममा सडकखण्डमा अव्यवस्थित तवरले राखिएका पानीका ड्रम, डिजेल र पेट्रोल व्यवस्थित गराइनुका साथै फोहोरमैलाहरु हटाइएको छ । कुम्मायक गाउँपालिकाको कार्यलय र वडा नम्बर १ को वडा कार्यलय साथै उद्योग बाणिज्य संघ शाखा यासोकको सङ्युक्त आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रमका लागि बजारबासीलाई सडक छेउमा राखिएका आआफ्नो सरसमान हटाएर सरसफाइमा ध्यान दिन ५ दिन अगाडि सूचना सुचित गरिएको थियो । सरसफाइको क्रममा उक्त सूचनालाई अवज्ञा वा बेवास्ता गरी अटेर गर्नेको सामान जफत गरिएको छ ।
बजारकै रानीगाउँ लाइनमा रहेका बजारबासी कृष्ण आङ्देम्बे र पबित्रा सम्बाहाम्फेले सडक छेउ नरहेकोे निजी खानेपानीको ड्रम भित्रको पानी खन्याएर उठाइ लगेकोमा आपत्ति जनाएका छन् । यश क्षेत्रमा सडक र नालीको व्यवस्था नभएको भन्दै उनीहरुले सरसफाइको पारेर अनाहकमा आफ्नो सामान उठाएर लगेको बताए । खानेपानीको अभावले गर्दा आकाशे पानी थापेर जोहो गरेको पानी फाली ड्रम समेत उठाइ लगेर दुख दिएको उनीहरुको गुनासो छ ।
अहिले महामारी रोगको रूपमा फैलिएको डेङ्गी तथा अन्य विभिन्न किसिमका रोगबाट मानव स्वास्थ्यलाई बचाउने उद्देश्यले स्थानीय सरकार कुम्मायक गाउँपालिकाद्वारा यो कदम चालेको अध्यक्ष बमप्रसाद लावतीले बताए । वातावरण सफा बनाउन सके मानव शरीर पनि स्वास्थ हुने उनले बताए ।
अध्यक्ष लावती र उपाध्यक्ष महेन्द्रबहादुर खड्काले यासोक बजारलाई सफा र सुन्दर नगरी बनाउन स्थानीय सरकारको नीति तथा कार्यक्रम भएकोले हराभरा वातावरण बनाउन सबैले साथ सहयोग दिन आग्रहसमेत गरे । कुम्मायक र कुस्सायक माङहिमको पवित्र काखमा रहेको यासोक बजारलाई सभ्य, सफा र आकर्षक बजार बनाउन वडाबासीलाई वडा नं. १ का वडाअध्यक्ष देबेन्द्र कुमार लावतीले अनुरोध गरे ।
अनुगमन तथा सरसफाइ कार्यक्रम वडाका वडा सदस्यहरु, इलाका प्रहरी यासोक, राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार, बुद्धिजीवी, सरोकारवाला लगायत विभिन्न संघ सस्थाहरुका सहभागितामा सम्पन्न भएको थियो ।