April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न सक्तैन: शेखर कोइराला

4.7K

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताए नेपाली कांग्रेस भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले लगानीमैत्री कानुनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने बताए । नेपालमा वैदेशिक लगानी भित्र्याउन भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यकता रहेको बताउदै अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको बताए । त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए ।

पार्टीको भातृ संस्थाहरू तरुण दल, नेविसंघ र नेपाल महिला सङ्घको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।

Advertisement